कास्की

रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलको केक काटेर रोटर्याक्ट सप्ताहा सुरुवा शुरु

By peoplesdailynepal

March 14, 2018

फागुन-२९, पोखरा / विश्वभर समाजिक क्षेत्रमा अग्रसर रोटर्याक्ट इन्टरनेसनलको ५०औं बर्ष पुरा भएको सुखद उपलक्ष्यमा विश्व भरिका रोटर्याक्टले रोटर्याक्ट सप्ताहा मनाएका छन् । अंग्रेजी महिना मार्च १२ देखि मार्च १८ सम्म मनाइने रोटर्याक्ट सप्ताहा पोखरामा पानि मनाईएको छ। रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलले रोटर्याक्ट सप्ताहा केक काटेर सुरुवात गरेको छ ।

रोटरी क्लब अफ पोखरा फिष्टेल र पोखरामा रहेका अन्य रोटर्याक्ट क्लब हरु संग केक काटेर रोटर्याक्ट सप्ताह मनाएको रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलकि अध्यक्ष अमृता पौडेलले बताईन ।रोटरी रोटर्याक्ट क्षेत्रमा रहेका सबै मानिसहरुको लागि रोटर्याक्ट ५०औं बर्षमा पुगेकाले खुशी साट्न उक्त सप्ताहा मनाएको उनले जानकारी दिईन । साता भरि बिभिन्न कार्यक्रम रहेपनि उद्घाटनका लागि केक काटेको र अन्य दिनहरुमा जगिंग गर्दै वातावरण सरसफाई, विद्यालयमा शैक्षिक सामाग्री सहयोग हस्तान्तरण, रमाइलो नेवारी भोज लगायत कार्यक्रम रहेको पनि उनले जानकारी दिईन ।

रोटर्याक्ट ५०औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कार्यक्रममा रोटरी क्लब अफ पोखरा फिष्टेलकि अध्यक्ष लक्ष्मी थापा, रोटरी क्लब अफ पोखरा फिष्टेलका पुर्व अध्यक्ष बिनोद कोईराला, रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलकि सस्थापक अध्यक्ष समिक्षा कोईराला, पुर्व अध्यक्षहरु नङसङ गुरुङ, नम्रता केसी, बिमला भण्डारी, बालकाशी गुरुङ, रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट प्रशिक्षक सन्जिब पौडेल लगायत रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन ४का बिभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरुले केक लाटर खुशी साटासाट गरेका थिए ।