Breaking News

युवा संघ नेपाल र वाईसिल नेपालकाे संयुक्त अायाेजनामा बधाई कार्यक्रम सम्पन्न

By Peoplesdailynepal

March 16, 2018

चैत २ धादिङ || युवा संघ नेपाल धादिङ र वाईसिल धादिङकाे संयुक्त अायाेजनामा बधाई, शुभकामना तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवा संघ नेपाल र वाईसिल नेपालकाे तर्फवाट निर्बाचित र धादिङवाट निर्वाचित सांसदहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पाेलिटव्युराे सदस्य, पुर्व परराष्ट्र मन्त्री, युवा फांट प्रमुख महेन्द्र पाण्डेले सम्मान गर्नुभएको थियो । सम्मानित हुनु हुनेमा राजिव पहारी, चन्द्र लामा, मन्जु यादव, दुर्गा वि क, खेम लाेहनी, सुनिता चाैधरी, भुमी त्रिपाठी, जगत सिमखडा, डा रामकुमार अधिकारी, वलराम वास्काेटा लगाएतका अन्य युवा नेताहरु हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा वाेल्दै महेन्द पाण्डेले सवै निर्वाचित संसादहरुलाई वदाई दिदै अब युवा संघ र वाईसिल ले अाफ्ना संगठन बिभागका प्रमुखहरुकाे नेतृत्वमा संगठनकाे ढाचा, भावी कार्यदिशा, कार्यक्रम लगाएतका विषयमा छलफल चलाउन शुरु गर्नुपर्ने भन्दै निर्देशन दिनुभयाे साथै देश बिकासमा युवाले गरेर देखाउनु पर्ने ताकी राष्ट्र निर्माणमा अव युवाको खाचो छ भन्ने उदाहरण बन्न सकोस् भनि , अवकाे सरकार संग जनताकाे अपेक्षा वढी छ । यसलाई सकरात्मक शुझाव दिन सवैमा अाग्रह गर्नुभयो । युवाहरु विदेशीनु हाम्रो चुनाैति हाे । विदेशमा युवा राखेर देशकाे विकास हुन सक्दैन । सीप र दक्षतावाट निपुण युवाहरुलाई विशेष सुविधा सहित स्वदेश फिर्ता गर्नु पर्दछ । सामाजिक कुरितीवाट ग्रशीत समाजलाई परिवर्तन गर्नु छ जस्काे ज्वलन्त उदाहरण कैलालीको राधा चाैधरीकाे घटना हाे भन्दै खेद प्रकट गर्नुभयाे । दाेशीलाई कार्वाही गर्न सरकारलाई अाग्रह समेत गरेको पाण्डेले बताउनुभयो ।

कार्यक्रममा वाेल्दै संघका अध्यक्ष राजिव पहारीले भने जनताले दिएकाे अभिमतलाई खेर जान दिने छैन । युवाहरुका पक्षमा लागिरहने र युवाकाे मुद्दा कार्यान्वयनकाे लागि संसद र सडक दुवैकाे नेतृत्व गर्ने प्रतिवद्दता राखे । वाईसिल का अध्यक्ष दिप शिखाले भने अब एकता कसैले राेक्न सक्दैन । दुवै पार्टी र संगठन चाडै नै एकता हुने भन्दै याे सरकार संग ईतिहासमा नै वढि अपेक्षा रहेकाे छ, यसलाई हामीले रचनात्मक सहयोग गर्नुपर्दछ भने । कार्यक्रममा अाफ्नाे प्रतिवद्दता मन्तव्य सांसद चन्द्र लामा, मञ्जु यादव, सुनिता चाैधरी, दिपा वि क, वलराम वास्काेटा, खेम लाेहनी, भुमि त्रिपाठी, जगत सिमखडा लगायतले राख्नुभएको थियो।

संघका सचिव माधव वास्ताेला, क्रान्ति वुर्लाकाेटी र सचिवालय सदस्य रमेश अाचार्यले संगठनकाे तर्फवाट अाफ्ना धारणा राख्नुभएको थियो  । कार्यक्रम युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाकाे अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन संघका धादिङ सचिव काजी श्रेष्ठ र स्वागत वाईसिल धादिङ अध्यक्ष राम व थापा पहाडले गर्नुभएको थियो ।