Breaking News

मिस एण्ड मिसेस फिटनेशको दोश्रो सिजन सम्पन्न

By Peoplesdailynepal

March 19, 2018

पोखरा,५ चैत्र || आफ्ना १२ जना प्रतिस्प्रर्धीहरूलाई पछि पार्दै बिरौटा पोखराकी १८ बर्षिया एलिना जिसीले मिस एण्ड मिसेस फिटनेश २०१८ को ताज पहिरिन सफल भईन् ताज संगै एलिनाले वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । “मिस एण्ड मिसेस फिटनेश जस्ता प्रतियोगिताको महत्वबारे तपाईको बिचार ब्यक्त गर्नुहोुस् ” भन्ने निर्णायकको अन्तिम प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै एलिनाले निर्णायकहरु र दर्शकको मन जित्न सफल भई मिस एण्ड मिसेस फिटनेश २०१८ को बिजेता बन्न सफल भएकी थिइन् । कक्षा १२ मा अध्ययनरत एलिनाले बिजेताको क्राउन सँगै ५० हजार नगद रुपैया र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरिन् ।

नारीहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले सेपअप जुम्बाको आयोजना तथा एस.टी. क्रियशनको व्यवस्थापनमा होटल पोखरा ग्रान्डमा सम्पन्न प्रतियोगितामा १७ बर्षिया चाँदनी पुनले फस्ट रनरअप संगै मोस्ट सपोटिभ टाईटल र २२ बर्षिया इच्क्षा मल्लले सेकेण्ड रनरअपको उपाधि संगै वेस्ट पर्रफमेन्सको टाईटल पनि चुम्न सफल भईन् । फस्ट रनरअप चाँदनीले ताजसंगै पच्चीस हजार नगद र सेकेण्ड रनर अप इच्क्षाले पन्ध्र हजार नगदसँगै अन्य गिफ्ट ह्Þयाम्पर र भौचरहरु प्राप्त गरेका थिए ।

संञ्चारकर्मी सुरज थापाको कोरियोग्राफी र सौरभ थापाको सह कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, तथा हास्य प्रहशन जस्ता प्रस्तुतीले दर्शकको मनलाई मोहित बनाएको थियो । प्रतिस्पर्धीको मूल्याङ्कनका लागि संञ्चारकर्मी तथा मेन मिडियाका निर्देशक संजोग बस्याल, बरिष्ठ जुम्बा प्रशिक्षक जिन तमन्ना गुरुङ, मिसेस तीज तथा सञ्चारकर्मी रोजी श्रेष्ठ, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले र मिसेज गण्डकी निलिमा हिराचन श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

तारे होटल पोखरा ग्रान्डमा करीब ४ घण्टासम्म चलेको उक्त कार्यक्रमको सञ्चालन इनिशा दुरामगर गरेका थिए ।