Breaking News

नेपाली क्रिकेट टोली एक दिवसीय मान्यता सहित आज नेपाल फर्कदै

By Peoplesdailynepal

March 19, 2018

काठमाडौँ,५ चैत। आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपाली टोली आज नेपाल फर्कदै छ । बेलुकी ५ बजेर ५५ मिनेट जाँदा जिम्बाबेबाट दुबाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आइपुग्ने बताईएको छ ।

विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किन लागेको हो ।

६ मध्ये २ खेलमात्रै जिते पनि एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता पाएको छ ।

हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको थियो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेपछि आठौं स्थानमा सीमित रहृयो ।