कास्की

पोखराको लेकसाइड अब राती १ बजे सम्म खुल्ने

By peoplesdailynepal

March 20, 2018

पोखरा, ६ चैत्र । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ । यसअघि १०१ बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो।

लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा केन्द्र, पर्यटन व्यवसायी, जनप्रतिनिधि र प्रहरीको संयुक्त प्रयासमा आउँदो शुक्रबार देखि लेकसाइड १ बजे सम्म खुल्ने भएको हो । सोही कार्यक्रमलाई मध्यनजर गर्दै राती अबेरसम्म लेकसाइड क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु खुल्ला रहनेछन्।

यो अभियानले व्यवसायीसंगै पोखरा भित्रिने पर्यटकहरुलाई समेत सहज हुने पोखरा वडा नं. ६ का अध्यक्ष तथा कार्यक्रम संयोजक जगत पहारीले बताए। –गण्डक न्युजमा प्रकाशित