Breaking News

‘बिहानी’ले देख्न पाइनन् बिहानी खेलौना बिगारेकै निहुँमा ५ बर्षीय बिहानीको हत्या

By Peoplesdailynepal

March 27, 2018

पोखराको नयाँबजार र न्यूरोडको बीचको भाग। सभागृहपथको सडकबाट थोरैभित्र बिहानी खाजाघर लेखिएको बोर्ड टाँगिएको छ। यो सानो खाजाघर आफ्नी सानी छोरीको नामबाटै जुराएकी थिईन् बीना थापा मगरले। अब बिहानी यही बोर्डमा मात्रै छिन्। यस धर्तीमा छैनन्। आईतबार साँझ खाजाघरकै अघिल्तिर पेटीमा खेलिरहेकी बिहानीले भोलिपल्टको बिहानी देख्नै पाइनन्। राति नै उनको प्राणपखेरु उड्यो।