Breaking News

नयाँ शक्तिका नयाँ ठग करोडौं ठगेर फरार, भारतीय भूमिमा बसेर फोनबाटै हुन्छ काम

By Peoplesdailynepal

April 11, 2018

बुटवल, २८ चैत्र। चुनावको बेला ‘गाउँगाउँमा सिंहदरवार’ को नारा बोकेर मत मागेका जनप्रतिनिधिहरु कुखुरा चोरदेखि, भ्रष्टाचारी, चेलीबेटी तस्कर, ठग, सरकारी बजेटमा नीजि जग्गा खरिददेखि, अपाङ्ग भत्ता खानेसम्म भएपछि जनताको आशा निरासतिर परिणत भइरहेको छ । यसैबीच एक जनप्रतिनिधिले त जनताको करोडौं ठगेर फरार समेत भएको छन् ।

कपिलवस्तु यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लइस पठानले विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि अहिले उनी फरार छन् ।

आर्थिक समृद्धिको नारा दिने नयाँ शक्ति नेपालका तर्फबाट निर्वाचित पठान फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् । नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा आएका छैनन् ।

स्थानीया अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् । उतैबाटै फोनमार्फत केही लाभका काम गराउँदै अाएका छन् । उनी नयाँ शक्तिबाट जित्‍ने एक्ला वडाअध्यक्ष हुन् ।

विभिन्न व्यक्तिसँग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढि रकम ठगि गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई उनले ५ जना भन्दा बढि व्यक्ति संग रकम लिएको उनीमाथि आरोप छ ।

पठान १ करोड १३ लाख रुपैयाँ ठगि गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्धा परेको छ । उजुरी लगत्तै पठान भारत पसेको बताइएको छ ।

यस्तो छ पठानले गरेको कागज

मर्यादपुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा उनी बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिए । वड अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँ संग ३२ लाख रुपैयाँ लिएका थिए । जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।

 

अनलाइन डवलीबाट