Breaking News

ढाकाबाट गुडेका यात्रुबाहक बस नेपाल प्रबेश

By peoplesdailynepal

April 25, 2018

वैशाख-१२, काँकडभिट्टा । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस बुधबार नेपाल प्रवेश गरेको छ ।

बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस बुधबार मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधबार बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन् ।