Breaking News

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ

By Peoplesdailynepal

May 21, 2018

जेठ ७ काठमाण्डौ/ राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन् । घिमिरे एकसातादेखि चिकित्सकको नियमित निगरानीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कम्युनिकेसन म्यानेजर विनोद अधिकारीले जानकारी दिए ।

‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहनुहुन्छ । यसपटक पनि नियमित परीक्षणकै क्रममा आउनुभएको हो’, अधिकारीले भने, ‘केही दिनको फरकमा उहाँ अस्पताल आइरहनुभएको छ । एकसातादेखि आउनेजाने भइरहेको छ ।’

अधिकारीले घिमिरेलाई ग्यास्ट्राइसिसको समस्या देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । १९७६ असोज ७ गते लमजुङ जिल्लामा जन्मिएका घिमिरे ९९ वर्षका छन् ।