Breaking News

विद्यालयको जग्गामाथि चलखेल ! स्थानीयवासीको विरोध

By Peoplesdailynepal

May 23, 2018

पोखरा, जेठ ९ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ जामुनवोटमा स्थित रत्न आधारभूत विद्यालयको स्वामित्वमा रहेको १३८ रोपनी जग्गामा चलखेल वढेको छ । हालै सो विद्यालयमा गणपुरक विद्यार्थी नपुगेर विद्यालय नै खारेज भएपछि विद्यालयको जग्गामाथि विभिन्न संस्थाले आँखा गाडेका हुन् ।