Breaking News

ड्युटीमा रहेका असईले हाने आफ्नै कन्चटमा गोली

By Peoplesdailynepal

June 10, 2018

काठमाण्डौ, २७ जेठ / काठमाण्डौमा रहेको इजरायल राजदूतावासमा ड्युटी गर्ने नेपाल प्रहरीका अर्सइ अनुपराज थापाले आत्महत्या गरेका छन् ।

भक्तपुर घर भएका असई थापाले आइतबार बिहान ११ बजतिर ड्युटीमा रहेको बेलामा आफैंले बोकेको पेस्तोलले आफैंलाई गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकु का प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।