Breaking News

मध्यम अंक, सीप, कार्यदक्षता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए कोरिया जान योग्य

By Peoplesdailynepal

June 11, 2018

काठमाडौं ,२८ जेष्ठ/ सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ ।

हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नजिता ल्याउने युवालाई कोरियाले छनोटको आधार बनाउँदै आएको छ । अर्को वर्षदेखि सीप, कार्यदक्षता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने तयारी कोरियाले गरेको छ ।

कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यदक्षता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुने छन् ।

मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरिया नेपाल शाखाका अनुसार सन् २०१९ देखि रोजगार प्रणाली अन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रक्रिया लागु गरिने योजना रहेको जनाएको छ ।