Breaking News

हैट तस्करीको नौलो उपाय; मुखमा लुकाएर सुन तस्करी गर्दा दुई पक्राऊ

By peoplesdailynepal

July 17, 2018

श्रावन-१, काठमान्डौ / अति नै चर्चामा आईरहेको सुन तस्करी अब त रोकियो कि भन्ने धेरैको आशा रहेको छ तर आज फेरी सुन तस्करी गर्दा गर्दै दुई व्यक्ति  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राऊ परेका छन् । सुन मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रइज अहमद र मोहम्मद अजाम छन् ।

जीब्रोमुनि लुकाएर सुन ल्याऊदै गर्दा चेक हुने ठाउँमा अहमद प्रहरीसँग नबोले पछी प्रहरीलाई संका लाग्यो र बाहिर निकालेर हेर्दा सुनको दाँत जस्तो देखे पछी हेर्दा उनको साथबाट सुन फेला परेको विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए । मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद भएको छ । प्रहरीले अहमदलाई पक्राऊ गरे पछी  उनलाई खोज्दै आउँदा अजाम पनि पक्राउ परेका हुन् । प्रहरीका अनुसार एयर अरवियाको उडानबाट शारजहाबाट नेपाल आएका उनीहरु बुद्ध एयरको उडानमार्फत नेपालगञ्ज जाने तयारी गरेका थिए ।