अन्तरास्ट्रिय

हाइड्रोपावरको बाँध भत्किदा २० को मृत्यू, सयौं बेपत्ता

By peoplesdailynepal

July 25, 2018

अत्याधिक बर्षाका कारण आएको बाढीले दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँधभत्काउदा २० जनाको मृत्यू हुनुका साथै सयौँ बेपत्ता भएका छन् । लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा उनीहरु बेपत्ता भएका हुन् ।घटनामा परी मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन ।

त्यहाँ फसेका मानिसको उद्धारका लागि सयौं उद्धारकर्मी परिचालन गरिएको छ । यसअघि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए ।