Breaking News

फेरी आमालाई छोडेर हिँडे नूरप्रसाद

By peoplesdailynepal

August 08, 2018

काठमाडौं, साउन २३ – प्रहरीले आमा भेटाइदिएका नूरप्रसाद तीन दिनपछि वीर अस्पतालबाट फर्केका छन् । प्रहरीले गंगामायाको छोरा भेट्ने ईच्छाअनुसार भेटाउन सहयोग गरेको जनाएको छ । नुरप्रसादले भने आफूलाई प्रहरीले आश्चर्यजनक रुपमा नियन्त्रणम लिएको बताएका थिए।

गोर्खा फुजेलकी ५८ वर्षीया गंगामाया अधिकारी विगत ६ वर्षदेखि वीर अस्पतालमा अनशनरत छिन् । छोराको न्यायको लागि सँगै अनशन बसेका पतिको चार वर्षअघि वीर अस्पतालमै मृत्यु भएपछि उनी दुवैको न्यायको लागि अनशनरत थिइन्।

गत जेठ १५ गते पुनः अनशन बसेपछि सरकारले पूर्व प्रतिबद्धता कार्यान्वयन गर्ने सहमति गंगामायासँग गरेको थियो । सोही क्रममा आफ्नो छोरा नभएकाले पतिको दाहसंस्कार गर्नसक्ने अवस्था नभएको बताएपछि सरकारले नूरप्रसाद खोज्न सहयोग गरेको जनाएको थियो । मंगलबार प्रहरीले सानेपाबाट नियन्त्रणमा लिई गंगामाया बसेको स्थानमा पुर्याएको थियो। ‘जानेबेला भित्तामा टाँसेको बुवाको फोटो हेरेर रोयो,’ उनले भनिन्, ‘फेरि आउँछु नआत्तिनु भन्दै गयो ।’ आफ्नो छोराहरु असल भए पनि न्यायको लागि पटकपटक मरिरहनु परेको बताइन्।आजको नागरिक दैनिकमा समाचार छ ।