Breaking News

नयाँ कानुन भन्छ, अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने, हेर्नुहोस् कस्तो अवस्थामा पाईन्छ ?

By peoplesdailynepal

August 13, 2018

काठमाडौं, साउन २८- नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ मा सम्बन्धविच्छेदसम्बन्धी नयाँ व्यवस्था गरिएको छ। अब पतिले चाहेमा पनि सम्बन्धविच्छेद हुनेछ। यसअघि पत्नीले चाहेको अवस्थामा तुरुन्तै सम्बन्धविच्छेद हुने कानुनी प्रावधान थियो। मुलुकी देवानी (संहिता) ऐन २०७४ को धारा ९४ मा पतिले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न पाउने अधिकार उल्लेख छ।

यस्तो अवस्थामा पतिले सम्पति पाउँछन् ? नयाँ मुलुकी एेन २०७४ ले पतिलाई पनि सम्पति पाउने अधिकार दिएको छ। एेनको धारा १०३ ले अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने व्यवस्था गरेको छ। पतिले सम्बन्धविच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्वपतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीतिरका हकवालले पाउनेछन्।

कस्तो अवस्थामा रकम दिनुपर्दैन नयाँ मुलुकी एेनले सम्बन्ध विच्छेद हुँदा अंश नलिई पतिसँग वार्षिक वा मासिक रकम वा खर्च लिने गरेकी पत्नीले अर्कैसँग विवाह गरेमा पतिले उक्त रकम दिनु नपर्ने व्यवस्था गरेको छ। मुलुकी देवानी एेनको धारा १०० मा उल्लेख गरिएअनुसार सम्बन्धविच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराइ लिएको अवस्थामा अर्को बिहे गरेमा उक्त रकम वा खर्च दिनु पर्दैन।

तर यस्तो सुविधा लिएकी पत्नीले अर्को विवाह गरेमा पतीले उक्त रकम दिनुपर्दैन।त्यस्तै पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतीले खर्च दिनुपर्दैन। भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।