Breaking News

अल्सरले लिंग कुहिएर झरेपछि वृद्धको मृत्यु

By peoplesdailynepal

August 14, 2018

साउन, काठमाडौं । अल्सर रोगको कारण लिंग कुहिएर झरेपछि भारतको लखनउमा एक ८२ वर्षीय वृद्धको मृत्यु भएको छ । वृद्धले आफ्नो यौनांगमा अल्सर भएपनि समाजको लाजको कारण त्यसलाई बेवास्ता गर्दै १२ महिनासम्म कसैलाई नभनी पीडा सहेर बसेका थिए ।

ब्रिटिस मेडिकल जर्नलमा गत बिहीबार प्रकाशित विस्तृत केस स्टडी अनुसार साह्रै भएपछि मात्र उनी उपचारका लागि अस्पतालमा गएका थिए । परिक्षणबाट उनको यौनांगमा अल्सर भएको र लिंग सुन्निएर घाउ भएको थाहा भयो ।त्यसपछि डाक्टरहरुले उनको सुन्निएको लिंग सुकाएर घाउ निको पार्ने एन्टिबायोटिक्स औषधि दिएर पठाए । तर, अल्सर बिगि्रइसकेको कारण औषधिले छोएन र केही दिनपछि उनको लिंग कुहिएर झर्‍यो । त्यसपछि उनलाई तत्काल अस्पताल लगियो ।

उनको उपचारमा संलग्न किंग्स जर्ज मेडिकल युनिभर्सिटीका डाक्टर गौरभ गर्गका अनुसार चिकित्सकीय परीक्षणमा उक्त अल्सरको कारण वृद्धको लिंग कुहिएर झरेको पाइयो । अस्पताल लगिएको १५ दिनपछि उनको मृत्यु भयो ।वृद्धले आफूलाई यौन रोग लागेको कुरा खण्डन गरे पनि उनको यौनांग नजिकै डल्लो देखिएकाले उनलाई यौन रोग पनि लागेको हुनसक्ने डाक्टरहरुले आशंका गरेका छन् । त्यस्तै उनलाई छालाको क्यान्सर समेत थियो ।

कुहिएर लिंग झरेपछि डाक्टरहरुले उनलाई सर्जरी गरेर पिसाब फेर्न मिल्ने बनाइदिएका थिए । वृद्धले लाज र सामाजिक चेतनाको कमीको कारण रोग लुकाएकाले उनको अवस्था खराब हुँदै गएको रिपोर्टले बताएको एसिया वानले जनाएको छ । अनलाईनखबरमा प्रकाशित