Breaking News

बेनीमा बम विष्फोटको आवाज, नजिकैको जंगलबाट निस्कियो धुवाको मुस्लो (फोटो फिचर)

By peoplesdailynepal

August 14, 2018

म्याग्दी । सदरमुकाम बेनी नजिकै बम विष्फोट भएको छ । आज साँझ करिब ६ बजेर ५ मिनेट जाँदा बेनी आसपासमा बम विष्फोट भएको ठूलो आवाज आएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

बम विष्फोटको आवाज लगत्तै बेनी नजिकै रहेको पर्यटकीय लभ्लिहिल जाने खवराको डाँडोमा रहेको जंगलको बाटो नजिक धुँवाको मुस्लो निस्किएको छ । बम बिष्फोट लगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको छ ।