Breaking News

कति निर्दयी बाबु ? आफ्नै दुई छोरी र गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेर ट्यांक तल गाडे

By peoplesdailynepal

August 21, 2018

सुन्दा पनि आङ सिरिंग हुने घटना आफ्नै बाबु द्वारा दुई छोरी र गर्भवती श्रीमतीको हत्या ! अमेरिकाको कोलोराडोकमा ३३ वर्षीय क्रिस वाट्सले आफ्नै गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेका छन् । उनी माथि गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

क्रिसले ३४ वर्षीय श्रीमती शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ। उनले आफ्नो घरमै श्रीमती र छोरीहरुको हत्या गरेका हुन्। प्रहरीले गत बिहीबार श्रीमती र छोरीहरूको शव क्रिसले काम गर्ने पेट्रोलियम कम्पनीको तेल ट्यांकनजिकै गाडिएको अवस्थामा भेट्टाएको थियो। शानन १५ हप्ताकी गर्भवती थिइन्।

क्रिस पछिल्लो समय आफूले काम गर्ने ठाउँकी एक महिलासँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि उनले स्थानीय टेलिभिजन मार्फत आफ्नो परिवारका सदस्य हराएको जानकारी गराएका थिए। त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट क्रिसले नै श्रीमती र छोरीहरुको हत्या गरेको खुलेको हो।