Breaking News

विराटनगरमा घरघरमा जोडिएका ग्याँसका पाइप आज प्रधानमन्त्री अोलीले उद्घाटन गर्ने

By peoplesdailynepal

August 21, 2018

कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले घर घरमा पईप बाट ग्याँस पुर्यईदिन्छु भन्दा धेरैले उनलाई हासो मजाकको पात्र बनाए । उनले बेला बेला यहि कुरालाई जोड दिदाँ त् उनको विरोधी हरु पनि बढे । तर केपी शर्मा ओलीले देखेका हरेक सपना विस्तारै पुरा हुने देखिएको छ ।

प्रदेश नम्बर १ को मोरङमा रहेको विराटनगर महानगरपालिकामा अब पाइपबाटै घरघरमा ग्यास वितरण हुने भएको छ । १ सय ३५ घरमा पाइपबाट ग्यास जडान भैसकेको अवस्थामा अाज प्रधानमन्त्री केपी शर्मा अोलीले त्यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले पाइपबाट घरघरमा ग्यास वितरणकाे अाज उद्घाटन गर्ने भएपछि विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा  निक्कै चहलपहल देखिएको छ । गोसेवा सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायोग्यास पुर्‍याएउने पहिलो चरणको काम सकिएको छ भने दोश्रो चरणको काम पनि गरिरहेक छ । यो ग्यास एलपी ग्यास भन्दा सस्तो पर्ने भएपछि स्थानीयहरू पनि दंग परेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न सुरु भएको हो ।

एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने समितिले जनाएको छ । तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ ।