Breaking News

अर्चना पनेरुको ‘पति’ १३० दिनपछि रिहा लगत्तै अमेरिका भागे

By peoplesdailynepal

September 05, 2018

काठमाडौं, २० भदौ । बाल यौन दुराचार र अवैध लागु औषधको अभियोगमा पक्राउ परेका अमेरिकी नागरिक उल्फ प्राइस १३० दिनपछि रिहा लगत्तै अमेरिका गैसकेका छन् । सोमबार सान फ्रान्सीस्को एयरपोर्टमा ल्याण्ड भएका अमेरिकी नागरिक वुल्फ प्राइस आफुलाई गलत अभियोगमा फसाइएको दाबी गर्छन् । स्थानीय एक अनलाइनलाई आफ्नो कर्तुत लुकाउँदै आफुलाई नेपाल प्रहरीले नेपाली बालकलाई कुटेको र गाँजा राखेको अभियोगमा पक्राउ गरि विनाकारण जेलमा बस्नु परेको बताएका छन् ।

प्राइसले स्थानीय अनलाइनसँग कुरा गर्दै भनेका छन्, ‘दाजु बहिनी झगडा गरेको देखि छुटाउन गएको थिएँ । प्रहरी आएपछि उनिहरुले मलाई कुटपिट गरेको भन्दै फसाए । ’ उनि थप्छन्, ‘मैले घरमा आएका प्रहरीको तस्विर खिचेर गल्ति गरें । यसले उनिहरुलाई रिस उठायो र मेरो घरमा आफैं गाँजा राखिदिए ।’ प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन् । रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए । सरलपत्रिकाले लेखेको छ !  http://saralpatrika.com/news-details/12206/2018-09-05