Breaking News

रोकिएन सुन तस्करी, गोरखाबाट १० किलो काचो सुन बरामद

By peoplesdailynepal

September 08, 2018

पोखरा, भदौ २३ / गोरखाको सिर्दिबासबाट १० किलो अवैध सुन बरामद गरिएको छ । सिर्दिबास प्रहरीले नियमित चेकजाँचको क्रममा सुन बरामद गरेको हो ।

स्थानीय नुटुप र लोप्चनको साथबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रहरीको नियन्त्रणमा छन् । १० किलो कच्चा सुन बाहेक अरु खुद्रा सुन पनि भेटिएको नेपाल प्रहरीका सई तुलबहादुर सेनले जानकारी दिए । घटनाको अनुसन्धान चलिरहेको छ । श्रोत : dnanepal.com