फाईल तस्विर

Breaking News

पोखरामा लभ्ली डाँडामा एक जोडी मृत फेला, सडेको लासले पहिचान हुन सकेन !

By peoplesdailynepal

September 10, 2018

पोखरा, भदौ २५ / पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ ।

बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति मात्रै देखिएको छ । ‘महिला पुरुषको जोडी जस्तो आकृति मात्रै देखिन्छ । धेरै पहिले झुण्डिएको जस्तो छ, उनले भने–प्रहरीको टोलि खटिईसकेको छ ।’ स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । स्थानीयको अनुसार पुरुषले सेतो लाम्बाहुले टिसर्ट लगाएका छन् भने केटी सेतो स्ल्याक्स र हातमा चुरा लगाएकी छन् । अन्य लुगा भने डुसी पलाएको जस्तो रंग उडेको छ ।

घटनाबारे अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।एउटा रुखको एउटै हाँगामा दुई छुट्टाछुटै डोरीमा झुण्डिएका उनिहरु झुण्डिएको रुख तल एउटा सिमकार्ड भेटिएको छ, त्यहि सिम कार्ड प्रयोग गरेर उनीहरुको नाम ठेगाना पत्ता लाग्न सक्ने अनुमान गरिएको छ।