Breaking News

लभ्ली डाँडामा झुण्डिएका जोडिको पहिचान खुल्यो, पोखरा बाँझापाटनकी महिला र स्याङजा पुतलीबजारका पुरुष

By peoplesdailynepal

September 10, 2018

पोखरा, भदौ २५ / पोखराको लभ्ली डाँडा स्थित रुखको एउटै हाँगामा झुण्डिएको अबस्थामा भेटिएका जोडिको पहिचान खुलेको छ । १५ दिन देखि हराएका जोडीको शव सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको अबस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार उक्त जोडी पोखरा बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारीको हो । नेपाली र भण्डारी रुखको एउटै हाँगामा दुई छुट्टा छुटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । १५ दिन अघि उनीहरु हराएको भन्दै आफन्तले कास्की प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।

रुखमा झुण्डिएको दुवै शव सडेको अबस्थामा भेटिएकाले दुई साता अघिनै उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ । भण्डारीको शवसँगै भेटिएको नागरिकताका आधारमा पहिचान खुलेको हो । उनीहरु झुण्डिनुको कारण भने खुलेको छैन । दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अनुसन्धान भैरहेको कास्की प्रहरीले बताएको छ । श्रोत : dnanepal.com