Breaking News

‘कालो दिवसको’ फेसबुकमा समाचार शेयर गरेपछि एक कर्मचारीको जागिर चेट

By peoplesdailynepal

September 23, 2018

जनकपुरः असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचार लिंक फेसबुकमा शेयर गरे वापत एक कर्मचारीको जागिरबाट निकालिएको छ । जिल्ला अदालत धनुषाका करारमा खरिदार (डिठ्ठा) मा कार्यरत्त गुञ्जा रायलाई संविधानको मर्म विपरित कार्य गरेको भन्दै कामबाट निकालिएको हो।

रायले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकै आधारमा आफूलाई जागिरबाट निकालिएको बताएकी हुन् । उनले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफूलाई अवकाश पत्र थमाइएकोले संविधान दिवसमा कालो दिवसकै पोष्ट शेयर गरेकै कारणले निकालिएको बताएकी छन् ।

उनले भनिन् मैले फेसबुकमा कालो दिवसको अर्काको पोष्ट शेयर गरेको छु भने मलाई स्पष्टीकरण त अदालतले सोध्नु पथ्र्यो, तर त्यो कुरासमेत नसोधि मलाई एकाएक निस्काशन गर्नु कतिको उचित हो रु म माथि अन्याय भएकै हो ।’ वि।सं २०७३ पुस १७ गतेदेखि उनी जिल्ला अदालत धनुषाको डिठ्ठा पदमा करारमा कार्यरत थिइन् । श्रोत : http://www.todaykhabar.com/2018/09/23/121373/