अर्थ

आर्थिक बर्षको पहिलो तीन महिनामा चार अर्ब २७ करोड रुपैयाँले सोधनान्तर बचत

By peoplesdailynepal

November 19, 2017

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको रिपोर्ट अनुसार शोधानान्तर चार अर्ब २७ करोड रुपैयाँले बचत छ। आर्थिक बर्षको पहिलो तीन महिनामा चार अर्ब २७ करोड रुपैयाँले सोधनान्तषर बचत भएको हो। आर्थिक वर्षको पहिलो दुर्इ महिना लगातार घाटामा रहेको शोधानान्तर अवस्था असोजमा बचतमा फर्केको छ। गत वर्षको असोजमा शोधानान्तर अवस्था १९ अर्ब ७० करोडले बचतमा रहेको थियो। तेसैगरी विदेशी विनिमय सञ्चिति पनि १० खर्ब ९९ अर्ब ८२ करोड पुगेको छ। गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार मूल्यबृद्धि पनि खुम्चिएको छ। गत आर्थिक बर्षको असोजमा ६.७ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति दर चालु आर्थिक वर्षको असोजमा ३.१ प्रतिशतमा सिमित भएको रिपोर्ट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।