Breaking News

महाराजगञ्जमा भिषण आगलागी

By peoplesdailynepal

September 29, 2018

काठमाडौँ, १३  असोज । राजधानीको महाराजगञ्जमा भिषण आगलागी भएको छ। महाराजगञ्जस्थित अष्ट्रेलियन एम्बेसी नजिकको गोदाममा आगलागी भएको हो।

शनिबार साँझ ७ः०५ बजे देखि सुरु भएको आगलागी अहिले सम्म नियन्त्रण बाहिर छ। आगो निभाउने प्रयास भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन् ।