Breaking News

पोखराको पालिखेचोकमा युवकको हत्या

By peoplesdailynepal

October 02, 2018

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाको पालिखेचोकमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

उनको सोही ठाउँमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा यतिबेला प्रहरी र स्थानीयको भीड लागेको छ ।-  www.dnanepal.com बाट