महेश ढकाल

शिक्षा

चिनको विदेश निति र नेपाल

By peoplesdailynepal

November 19, 2017

महेश ढकाल

चिनले अंगालेको अन्य देशको आन्तरीक मामिलामा तटस्थ रहने बिदेश नितिले चिनलाइ बिश्वोभर अहस्तक्षेपकरी रास्ट्रका रुपमा लोकप्रिय बनाएको छ । चिनले नेपाल लगायत सन्सारभरका देशमा आर्थिक कुटनितिको सफल अभ्यास गरिरहेको छ।

आर्थिक महाशक्ति हुँदै बिगत आधा सताब्दिदेखि बिश्वोकै ठुल्दाइ बनेर बसेको अमेरिकालाइ चुनौति दीने आकङ्क्षा बोकेरे अगाडि बढ्दै गरेको चिनको बिदेशनिति हामी आम नेपालिको पनि चासो र सरोकारको बिषय हो। अझ हाम्रो चासो भनेको त चिनले आफ्ना छिमेकि देशहरुसंगको सम्बन्धलाइ कसरि हेर्दछ वा कस्तो निति अवलम्वन गर्दछ भन्ने हो।

अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनको परराष्ट्र नितिका कारण चिन नेपाली जनता माझ निकै प्यारो र हितैसि छिमेकिको रुपमा रहिआएको छ। हरेक मामिलामा टाउको घुसाउने प्रब्रितिको अर्को छिमेकिलाइ झेलिरहेका नेपाली जानाताामाझ अहस्तक्षेपकरी चिनको बिदेश निति लोकप्रिय हुनु स्वाभाबिक पनि हो। तर के यो निति छिमेकि राष्ट्रहरुको लागि पर्याप्त छ त ? के महाशक्ति राष्ट्रको छिमेकि देशहरुप्रतिको जिम्बेवारि यतिमै सकिन्छ त?

अब चिनको तटस्थ नितिले नेपाललाइ पारेको असर बारे कुरा गरौं। नेपाल अंग्रेज युद्द् जसले बिशाल नेपाललाइ सानो पहाडमा खुम्चाइदियो। नेपालले त्योबेला चिनसंग सहयोगको अपील गर्दा यो नेपालको आन्तरिक मामिला भएको र चिन हिमालय पर्बतबाट तल नझर्ने जवाफ दियो। तर तेहि चिनले तिब्बत कब्जा गर्ने बेलामा नेपालमा लुकेर गोरिल्ला युद्द गरेका खम्पा बिद्रोहीहरुलाइ तह लगाउन हिमालय पर्बतबाट तल झर्न तयार भयो। पछि नेपालले नै खम्पा बिद्रोहीहरुलाइ निसस्त्र बनाइ सरणर्थिको रुपमा ब्यबस्थापन गर्यो। भनिन्छ, मौनता स्वीकिर्तिको अर्को नाम हो। चिनको यहि मौन (तटस्थ) नितिले गर्दा अर्को छिमेकीले हामिलाई तिन -तिन पटक नाकाबन्दि लगाएर थला पार्ने हिम्मत गर्यो। भुकम्पले थला परेको भुपरिबेस्ठित देशमा लगाईएको (गत साल) नाकाबन्दिको बिरोध गर्नुको साटो एक हजार किलोलिटर पेट्रोलियम् (करिब एक दिनलाई  पूग्ने) अनुदान दिएर निरिह नेपालीको हितैसि बन्ने कोसिश गर्यो। नेपालले प्रजतन्त्र प्राप्तिको लागि तिनवटा सफल जानान्दोलन् गर्यो, तर कुनै पनि जनान्दोलनलाई चिनले प्रतक्ष-अप्रतक्ष सहयोग वा समर्थन् गरेन। यहानेर के कुरा मननिय छ भने तिनवटै जनान्दोलनलाई भारतले समर्थन् र सहयोग (भलै उसका आफ्ना स्वार्थ जोडिएका किन नहुन्) गर्यो र नेपालको प्रजातन्त्रिक विकाशमा योगदान गर्यो।

सहयोगको नाममा सार्वभौमिकता माथिनै हस्तक्षेप गर्ने “बडे भाई” वला छिमेक नितिलाई कुनैपनि हलतमा स्वीकार गर्न सकिंदैन तर अहस्तक्षेपका नाममा रमिते बनेर बस्ने लोक्प्रिय बिदेश निति भन्दा साहयोगात्मक तथा रचनात्मक बिदेश निति (नेपालको मामिलामा) चिनले अपनाउदा नेपाल र चिनको सम्वन्ध अझ प्रगाढ हुनेछ।