Breaking News

अब ढुक्क भएर पशुपतिनाथको दर्शन गर्नुस ,सामनको सुरक्षालाई ‘लकर’ व्यवस्था

By peoplesdailynepal

October 03, 2018

काठमाडौँ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा  ‘लकर’ सेवा शुरु गरेको हो ।

यो सेवाको शुरुवात् भएसँगै अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाटमुक्ति पाउनेछन् । यो सेवा उपयोग गरेबापत् भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने कोषले जनाएको छ । यो सेवा शुरु भएसँगै भक्तजनले अब मोबाइल, झोला, क्यामेरा जस्ता मन्दिर क्षेत्रभित्र निषेध गरिएका सामान लिएर जान पाउने छैनन् ।

सेवा शुरु गर्न बैंकले ५१० लकर उपलब्ध गराएको छ । बैंकका अध्यक्ष रोशन केसीले कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई लकरको साँचो हस्तान्तरण गर्नुभयो । लकर सेवा भुवनेश्वरी मन्दिर अघिको बरुणधारामा राखिएको छ । जुत्ता चप्पल राख्ने स्थल पनि यहीँ बनाइने कोषले जनाएको छ ।