Breaking News

विद्यार्थीको कान फुटाउने कांग्रेस निकट शिक्षक रिहाइको माग गर्दै विद्यालय बन्द

By peoplesdailynepal

October 04, 2018

कांग्रेसनिकट नेपाल शिक्षक संघले कान फुट्ने गरी विद्यार्थी पिटेका प्रधानाध्यापक रिहाइको माग गर्दै नवलपुरको बुलिङटार गाउँपालिकाका ४४ विद्यालय बन्द गराएको छ ।

बुलिङटार गाउँपालिकाका–६ को शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापक ओमकुमार श्रेष्ठ रिहाइको माग गर्दै नेपाल शिक्षक संघले ३ दिनदेखि विद्यालय बन्द गराएको हो ।