Breaking News

अब हरेक बिहान ७ बजे पोखरा देखि जोमसोम सरर.. सुविधा सम्पन्न हिटर सहितको म्याग्दी कोरालामा ! (फोटो फिचर)

By peoplesdailynepal

October 04, 2018

असोज-१८, पोखरा/ यातायात क्षेत्रको सिन्डिकेट अन्त्य संगै यातायात क्षेत्रमा निर्वाध रुपमा लगानी बढेको छ । गण्डकी प्रदेशको पर्यटकीय विकासको आधार मानिने पोखरा र मुस्तांगलाई सहज रुपमा यातयात मार्फत जोड्ने गरि म्याग्दी कोराला यातायात प्रालिले आज देखि पोखरा, बेनी हुँदै जोमसोमका लागि स्तरीय बस सेवा सुचारु गरेको छ ।

३० सिट रहेको उक्त बस आज एक कार्यक्रम बीच प्रतिनिधि सभा सदस्य पदम गिरिले उद्घाटन गरेका थिए । उनले राजनितिक परिवर्तनमा महत्वपुर्ण योगदान दिएका युवाहरुको जमात उद्यमशिलतामा लागेको देख्दा खुशी लागेको बताउंदै सुखि नेपाली समृद्ध नेपाल बनाउन अब सबै युवाहरु उद्यममा लाग्नु पर्ने जनाए । श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्ने बताउदै यसले समग्र गण्डकी प्रदेशमै ठूलो आर्थिक परिवर्तन आउने गिरीले बताए ।

गण्डकी प्रदेश सभा सदस्य  राजीव पहारीले युवापुस्ताले सञ्चालन गरेको व्यवसायमा निरन्तरतासँगै नविनता पनि जरुरी रहेको छ, भन्दै शुभकामना व्यक्त गरे ।गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मुस्ताङका जनप्रतिनिधी ईन्द्रधारा बिष्टले प्रालिबाट नागरिकको गुनासो नआउने गरि सेवा पाउने  आफू विश्वस्त रहेको जानकारी दिए । उनले मुस्ताङमा व्यसाय संचालनमा आउने  कठिनाई, बाधा अडचनका विषयमा आफुसँग कुरा राख्न उनले व्यावसायीलाई आग्रह गरे ।

ग्राहकहरुको सुविधा र मुस्ताङको मौसमलाई मध्य नजर गदै सेवा सुविधा दिन सकिने उद्देश्यले म्यादी कोराला यातायात सञ्चालनलाई अघि बढाएको संचालक नरेश रोकायाले बताए । नरेश रोकाया, प्रकाश पौडेल, मोहन केसी, सुरज केसी, अर्जुन आचार्य, धनकुमार पुन, नगेन्द्र केसी लगायतका युवा व्यसायीले लगानी गरेको उक्त म्याग्दी कोराला यातायातद्वारा सन्चालित बेनी जोमसोमका  बसमा  हिटर जडान भएको सञ्चालक प्रकाश पौडेलले जनाए । पोखरा- जोमसोमका लागि कम्पनिले हाललाई तिन वटा बस ल्याएको बताए । उनले बसहरु पोखरा जोमसोमका लागि रिजर्भ सेवा पनि प्रदान् गरिने बताए ।

हरेक बिहान ७ बजे बाट पोखरा देखि मुस्ताङ सम्मको लागि छुट्ने बसको यात्रामा यात्रुमा सेवाशुल्क बापत रु ११ सय रहेको र पोखरा देखि मुक्तिनाथ सम्मको लागि १३ सय ५० रुपैयाँ र त्यसै शुल्कमा यात्रुलाई कफि,नास्ता र कोल्ड ड्रिङक्स प्रदान गरिने संचालक धन पुनले बताए ।

पोखरा जिरो किमी स्थित कम्पनिको सब काउन्टर अगाडी रहेको उद्घाटन कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष संजिब कोईराला, कास्की प्रहरी प्रमुख ओम राना लगायत सहभागी भएका थिए ।  कम्पनिले हाल अत्याधुनिक सेवा सुविधा सहितका ३० सिटको सुपर डिलक्स बेनी काठमाडौंका लागि सञ्चालनमा ल्याईरहेको छ ।

साभार गरिएका फोटोहरुमा लोगो रहेका छन्