Breaking News

टी-२० विश्वकपको एसिया छनोटः थाइल्याण्डमाथि सहज जित निकाल्दै नेपाल समूहको शीर्ष स्थानमा

By peoplesdailynepal

October 07, 2018

२१ असोज, काठमाडैँ । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा पानी परेको थियो । सन्दीप लाछिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । करण केसीले ३ विकेट लिए । १.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।