Photo : Kantipur

Breaking News

फेवातालमा भएको पौडी प्रतियोगितामा उपाधि लगे सेनाका गुरुङले

By peoplesdailynepal

October 12, 2018

पोखरा फेवातालमा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् ।