Breaking News

सस्ताोबजारको समस्या समाधानमा महानगरले मध्यस्थता गर्नुपर्ने राजनीतिक पार्टीको धारणा

By peoplesdailynepal

July 04, 2017

असार १९ पोखरा । कास्कीमा कृयाशील विभिन्न पाँच राजनीतिक दलहरुले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा देखिएको समस्या समाधान पोखरा लेखनाथ महानगरपालिकाको मध्यस्थतामा हुनुपर्ने धारणा राखेका गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि चयन भईसकेको अवस्थामा आफ्ना महानगरवासीमा परेको अन्यायविरुद्ध न्याय दिलाउने क्षेत्राधिकार महानगरपालिकासँगै रहेको जिकिर गर्दै उनीहरुले उत्त, समस्या समाधानका लागि पोखरा लेखनाथ महानगरपालिकाको मध्यस्थता जरुरी रहेको भन्दै विज्ञप्तिमार्फत् आफ्नो धारणा राखेका हुन् । यसरी धारणा सार्वजनिक राजनीतिक पाटीहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी जगन, नयाँ शक्ति पार्टी कास्की संयोजक हेमबहादुर थापा “किरण” मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी कास्कीका सेक्रेटरी भीमबहादुर श्रीष, नेकपा माले कास्कीका सेक्रेटरी टेकनाथ भण्डारी र संघीय समाजवादी फोरम कास्कीका सहसचिव रामजी चर्माकार रहेका छन् । संयुक्त रुपमा जारी गरिएको उक्त विज्ञप्तिमा नेपाली नागरिकको गरिखान पाउनुपर्ने अधिकार खोसिएको भन्दै मानवअधिकारको नांगो हस्तक्षेप गरिएको आरोप लगाइएको छ । नागरिकको जनधन, शान्ति सुरक्षा र व्यवस्थापनको जिम्मा लिने स्वयंराज्यले नै यसरी जबरजस्त बल प्रयोग गरेर गरिखान पाउने अधिकारलाई कुल्चिनु निन्दनीय कार्य भएको टिप्पणी गर्दै सस्तो बजारलाई विना विकल्प तालाबन्दी गर्दा सडक पेटीका व्यवसायीहरु सडकमा नै फर्किनुपर्ने अवस्था सृजना गरिएकाले यथाशीघ्र ताला खोलेर समस्याको समाधान बारे जिम्मेवारपूर्वक पहल गर्न आव्हान गरिएको छ । उनीहरुले विज्ञप्तिमार्फत् नै समस्या समाधानका लागि गम्भीर र जिम्मेवारपूर्वक सम्बन्धित निकायहरु लागिपर्नुपर्ने कुरामा जोड दिएका छन् । विज्ञप्तिमा पसलभित्रका करोडौं मूल्यका दैनिक उपभोग्य वस्तुहरु कुहिएको र ३७ करोडभन्दा बढीका सामानहरु बजारभित्रै बन्द अवस्थामा रहेको उल्लेख गर्दै ती सामानहरु हराउने वा चोरिने समस्यालाई कसले जिम्मा लिने भनी प्रश्न गरिएको छ ।