खेलकुद

समाजसेवी थापा सम्मानित

By peoplesdailynepal

December 02, 2017

मङसिर-१६, पोखरा/

रोटर्याक्ट बर्ष समाजसेवी अवार्ड द्वारा आज एक कार्यक्रमका बीच समाजसेवी राजेन्द्र थापा सम्मानित भएका छन् ! रोटर्याक्ट क्लब अफ अन्नपुर्णद्वारा स्थापित पुरस्कारद्वारा समाजसेवी शिक्षासेवी थापा सम्मानित  भएका छन । रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन ४ को तेस्रो जोनल बैठक तथा सम्मान कार्यक्रममा थापा सम्मानित भएका हुन् ।नेपालका २०० ० भन्दा बढी गरिब बालबालिकालाई निशुल्क शिक्षा सेवा प्रदान गरेको, ठाउँ ठाउँमा पुस्ताकालय स्थापित गरेको र देशका अत्यन्तै बिकट स्थानमा विद्यालय भवन निर्माण जस्ता अतुलनीय योगदान पुर्याए वापत उनलाई सम्मान गरिएको रोटर्याक्ट क्लब अफ अन्नपुर्णका अध्यक्ष विवेक थापाले जनाए । जापानमा रहेर बिभिन्न तवतवरले नेपाल सरकार र जापान सरकारको समन्वय भूमिकामा रहेर बिभिन्न कार्यक्रम हरु नेपाल भित्राएर देशको शिक्षा सेवामा योगदान पुर्याउदै आएका थापा हाल जापानमा रहेकाले उक्त पुरस्कार बाट सम्मानित हुन आएका ऊनका पिता हरि थापाले आफुँले पनि शिक्षा सेवामा काम गरेकाले र अहिले आफ्नो छोराले पनि शिक्षासेवामा योगदान पुर्याउदै आएको र छोराको नामबाट आफुँ सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

लाइफटाइम एजुकेसन अवार्ड, सोसिअल वर्कर अवार्ड जस्ता अवार्ड र पुरस्कारबाट सम्मानित थापालाई रोटर्याक्ट बाट सम्मानित गर्ने अवसरमा रोटर्याक्ट नेपालले पनि शिक्षा क्षेत्र लागाय अन्य समाजसेवामा योगदान पुर्याउँदै आएको कुरा अवगत गराऊँदै रोटर्याक्ट नेपालले पनि सम्मानित थापाको सहकार्यमा अझ योगदान पुर्याउने र उहाँको समाजसेवामा रहेको योगदानले थप प्रेरेणा मिलेको कार्यक्रमका प्रमुख अतिथि रोटर्याक्ट नेपालका रास्ट्रिय प्रशिक्षक सन्जिब पौडेलले बताए ।

 

कार्यक्रमका अध्यक्ष रोटर्याक्ट नेपाल जोन ४ का जेड.आर.आर दिपेन्द्र घिमिरेले मानिसको नैसर्गिक अधिकारमा रेहको शिक्षा बाट पनि गरिबीको कारणले बिभिन्न बालबालिकाहरु बन्चित रहेको अवस्थामा शिक्षासेवी थापाको योगदानले राष्ट्र विकाशमा अतुलनीय भूमिका रहेको बताए ।थापालाई प्रमाणपत्र र ढाकाटोपी र फुलको माला द्वारा सम्मानित गरिएको थियो ।

यसै कार्यक्रमका बीच रोटर्याक्ट फुटसाल टुर्नामेन्टमा देशभरि बाट विजेता बनेको रोटर्याक्ट क्लब अफ हेमजालाई पनि सम्मानित गरिएको रोटर्याक्ट नेपाल जोन ४ का सचिव एवं कार्यक्रम संचालक सुजन बरुवालले जानकारी दिए ।