Breaking News

कलेजो र पित्तथैलीमा क्यान्सर भएर आमा गुमाएकी सन्ध्यालाई स्नातक सम्म शिक्षा र पालनपोषण निशुल्क गर्ने एक स्वास्थ्यकर्मीको घोषणा

By peoplesdailynepal

November 19, 2018

बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी १२ बर्षिया सन्ध्या घिमिरेलाई एक स्वास्थ्यकर्मीले स्नातकतहसम्मको शिक्षामा आवश्यक पर्ने सम्पूर्ण जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेका छन् ।कलेजो र पित्तथैलीमा क्यान्सर भएर उपचारकै क्रममा आमाको मृत्यु भएपछि शिक्षादिक्षा र पालनपोषणमा समस्या भएपछि बेनपा–२ अम्बोट घरभई बागलुङमा रहेको प्रतिष्ठित सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरेले सन्ध्याको शिक्षादिक्षामा आवश्यक पर्ने शुल्क, पोशाक, लत्ताकपडा,स्टेनशरी लगाएत माध्यामिक तथा स्नातकतहसम्मको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन् ।

गत कात्तिक महिनामा नेपालीको प्रमुख पर्व दसैंको दिनमा घरकै आगनमा जन्मदिने आमालाई गुमाएकी सन्ध्या र उनकी बहिनी साधनाको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि यूवा ब्यवसायी घिमिरेले उक्त सहयोगको घोषणा गरेका हुन् ।‘आमाको मृत्युपछि घरको अवस्थालाई हेरेर मैले सहयोगको घोषणा गरेको छु,‘छोरीकै रुपमा आवश्यक पर्ने सम्पूर्ण जिम्मा लिन्छु ’घिमिरेले बेनीअनलाइनलाई भने। उनले बाल्यअवस्थामा आमाको मृत्युले घरमै बसेर पढ्ने वातावरणको कल्पना पनि गर्न नसकिने बताए ।

आफ्नै गाउँ आसपासमा घटेको घटनाले स्तब्ध भएको बताउँदै घिमिरेले सन्ध्यालाई स्वास्थ्यको क्षेत्रमा काम गरेको हेर्ने धोको रहेको बताए ।‘सन्ध्यालाई मेरै फिल्डमा ल्याउछु,मैले उनको तस्वीर हेरेरै उनका लागी सपना बुनेको छु’बेनीअनलाइनसंग कुराकानी गदै घिमिरेले भने ।सोही अवसरमा बागलुङका प्रदेश संसाद इन्द्रलाल सापकोटाले अभिभावक गुमाएका बालबालिकालाई सहयोग नै मानवीय सेवाको सुन्दर पक्ष भएको बताउँदै धन्यवाद दिएका थिए । सांसद सापकोटाले सहयोग संगै नियमित विद्यालयमै पुगेर शैक्षिक अवस्था र समस्यालाई समेत समाधान गर्नुपर्ने बताए ।

आफ्नै गाउँ आसपासमा घटेको घटनाले स्तब्ध भएको बताउँदै घिमिरेले सन्ध्यालाई स्वास्थ्यको क्षेत्रमा काम गरेको हेर्ने धोको रहेको बताए ।‘सन्ध्यालाई मेरै फिल्डमा ल्याउछु,मैले उनको तस्वीर हेरेरै उनका लागी सपना बुनेको छु’बेनीअनलाइनसंग कुराकानी गदै घिमिरेले भने ।सोही अवसरमा बागलुङका प्रदेश संसाद इन्द्रलाल सापकोटाले अभिभावक गुमाएका बालबालिकालाई सहयोग नै मानवीय सेवाको सुन्दर पक्ष भएको बताउँदै धन्यवाद दिएका थिए । सांसद सापकोटाले सहयोग संगै नियमित विद्यालयमै पुगेर शैक्षिक अवस्था र समस्यालाई समेत समाधान गर्नुपर्ने बताए । साभार: बेनीअनलाईन डट कम बाट