Breaking News

प्रेमीले अर्कैसँग विवाहको तयारी गरेपछि हत्या गरी मासु फ्राई गरेर भोज !

By peoplesdailynepal

November 22, 2018

एक महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन् ।

जानकारी अनुसार ३० बर्षीय ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन् । हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र यस्तो तथ्य फेला परेको हो ।

उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को स्थानीय संचार माध्ययम हरुले जनाएका छन ।

उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन् । एक पत्रिकाले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्की महिलासँग विवाहको तयारी गरिराखेको जनाएपछि हत्या गरेको बताएकी छन् ।

प्रहरीले उनको हत्या कसरी भयो भनेर नखुलाए पनि ती व्यक्तिका अंगहरू भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको बताएको छ ।

समाचार अनुसार पीडकका भाईले उनलाई ओमनको सीमा नजिकैको अल अलिनस्थित शहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला परेको थियो। डीएनए परीक्षण गर्दा दाँत हराइरहेका भनिएका उनका दाजुकै रहेको पुष्टी भएको थियो ।-बीबीसी