Breaking News

बुद्धनगरस्थित एक फर्निचर शोरुममा आगलागी : लाखौ मूल्यका फर्निचर जलेर नष्ट

By peoplesdailynepal

November 26, 2018

काठमाडौँ, १० मंसिर । काठमाडौं बुद्धनगरको एक फर्निचर गोदाममा आगलागी भएको छ । सोमबार दिउसो गौरी शंकर फर्निसिङमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि अन्य कारण खुल्न सकेको छैन । फर्निचर उद्योगी राम कार्कीको पसलबाट आगलागी सुरु भएको काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना, महानगरका दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट आफ्नो गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको कार्कीले बताए । उनका अनुसार करिब ५ करोड बराबरको सामान जलेर नष्ट भएको छ ।