Breaking News

पोखरा महानगरका विज्ञ भरतराज पहारीले भ्रष्टाचार गरेकाे ठहर, ९८ लाख जरिवाना, १० महिना जेल

By peoplesdailynepal

November 28, 2018

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका तत्कालीन डिन समेत रहेका विज्ञ कहलिएका डा. भरतराज पहारी कारबाहीमा परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका उनलाई विशेष अदालतले दाेषी ठहर गरि झण्डै एक बर्ष जेल र करिब १ करोड रुपैयाँ जरिवाना सुनाएको हो । हाल पोखरा महानगरपालिकाको भवन मापदण्ड सम्बन्धी विज्ञ समितिका संयो उनलाई ९८ लाख जरिवाना र १० महिना जेल सजायँ सुनाएकाे हाे ।

पोखरा महानगरको मापदण्ड निर्धारण समितिका संयोजक समेत रहेका पहारीले आफैँले मापदण्ड मिचेर लेकसाइडमा साततले घर ठड्याइरहेका छन्।

दुई बर्ष अघि अकुत सम्पत्ति कमाएको आरोपमा उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । २०७३ साल साउन २४ मा परेको उजुरीको सुनुवाई गर्दै उच्च अदालतका बरिष्ठ न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा भएको बहसमा न्यायाधिशहरु रत्नबहादुर बागचन्द र चण्डिका ढकाल समेतको इजालसले आर्थिक र जेल सजाय सुनाएको अख्तियारले जनाएको छ ।

पहारीको मुद्धामा नेपाल सरकारले पुनरावेदन गरेको थियो । उनीसँगै उनकी श्रीमति विरुद्ध पनि उजुरी परेको थियो । gandaknews.com बाट