Breaking News

आयो खुशीको खबर : श्रृंखला खतिवडा फाइनल राउण्डमा प्रवेश

By peoplesdailynepal

November 30, 2018

काठमाडौं, १४ मंसिर ।   मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डमा प्रवेश गरेकी छिन् । मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जकाे फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३ अाैं समूहकाे विजेता बन्दै उनले याे यात्रा तय गरेकी हुन् ।

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुुसार यी २० प्रतियोगीहरु छानिएका हुन् ।

नेपाल २० मध्ये १३ औं समूहमा परेको थियो जसमा नेपालबाहेक अर्जेण्टिना, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्ग र मल्दोभाका सुन्दरीहरु थिए । बाँकी ५ प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल समूह विजेताका रुपमा हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डका लागि छानिएको छ।

यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड२०१८ को उपाधिका लागि सेमी फाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ ।सामाजिक सञ्जालमा प्रचार प्रसार भएजस्तो भोटका आधारमा मिस वर्ल्डको उपाधि जितिने होइन, बरु उपाधिका लागि अघिल्ला चरणमा पुग्न सहयोग मात्र हुने हो ।

११८ प्रतियोगीमध्ये जम्मा ३० जना सेमी फाइनलमा पुग्छन् र बाँकी सबै फालिन्छन् । तीनै ३० जनाबीच उपाधिका लागि मिस वर्ल्ड २०१८ घोषणा हुने दिन भिडन्त हुनेछ र एक जनाले मिस वल्र्ड २०१८ ताज पहिरिनेछिन् ।

सेमी फाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।