Breaking News

डिस्को, डान्सबार र दोहोरी जान कडाई : बन्यो यस्तो नियम

By peoplesdailynepal

December 03, 2018

काठमाडौँ, १७ मङ्सिर । प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागु गर्न थालेपछि काठमाण्डुका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ वर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् ।

प्रहरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् ।

कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुनबमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाले बताए । gandakitimes मा खबर छ !