Breaking News

दुलेगौंडामा माईक्रोको ठक्करले स्कुटर धुजाधुजा–एकजनाको मृत्यु, अर्का गम्भीर

By peoplesdailynepal

December 03, 2018

तनहूँ, मंसिर १७ । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा माइक्रो र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले जानकारी दिए ।

उनको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा सामान्य उपचारपछि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा सोहि ठाउँका २७ वर्षका तिलक थापा गम्भिर घाइते भएका छन् । उनको फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर कसले चलाएको हो भन्ने थाहा हुन सकेको छैन् ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा २ ख ४७५४ नम्बरको सगुन यातायातको हायस र दुलेगौंडाबाट भिमादतर्फ जादै गरेको ग १४ प ३२२३ नम्बरको स्कुटर ठक्कर खाएको हो । माइक्रो र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । dnanepal.com बाट