तस्बिर : ईलीट श्रेष्ठ

Breaking News

अब मुस्ताङ जाने बसको टिकट अनलाइनबाटै

By peoplesdailynepal

December 04, 2018

बागलुङ- प्रदेश नम्बर ४ स्थित धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको शनिवार बागलुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै अबदेखि पोखरा, पर्वत, बागलुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाइनबाटै टिकट काट्न सक्नेछन् ।

धौलागिरी यातायातले नेपालको एक मात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरु गरेको हो ।यात्रुहरूले धौलागिरी यातायातको मोबाइल ‘एप्स’ तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ ।

मुलुकभर इसेवाका ४० हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् ।साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाइल बैङ्किङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ । बससेवा नेपालको एक मात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो ।