Breaking News

पूर्व राजा ज्ञानेन्द्र पोखरामा ! ठुलो संख्याले गर्यो स्वागत !

By peoplesdailynepal

December 17, 2018

पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाह भम्रणका निम्ति पोखरा आइपुगेका छन् । भम्रणमा पोखरा आएका पूर्व राजा ज्ञानेन्द्रलाई पोखरा विमानस्थलमा ओलर्नासाथ राष्ट्रवादी समूहले स्वागत गरेको छ । नीजि भम्रणका लागि पूर्वराजा ज्ञानेन्द्र सहित पूर्व रानी कोमल राज्यलक्ष्मी शाह पनि पोखरा साथमा आएकी हुन् ।

पूर्वराजाको भम्रणको अवसरमा राष्ट्रवादी समूहले केशव भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्य स्वागत व्यवस्थापन समिति गठन गरेको प्रचार प्रसार समितिका संयोजक मोहन केसीले सुनाए ।

त्यस्तै, उक्त भेलाले सहसंयोजकमा डा. महेन्द्रबहादुर कार्की, चन्द्रबहादुर रानाभाट, गीता गुरुङ, उपसंयोजकमा गणेशलाल श्रेष्ठ, ठाकुर बराल, बन्टी क्षेत्री, कष्णप्रसाद चापागाईँलाई तोकेको छ ।

राष्ट्रवादी भेलाले सचिवमा बरुणविक्रम राणा, भीमराज भण्डारी, बलराम तिवारी, महेश्वर पाण्डे, अशिलकुमार शाही, सहसचिवमा नवराज बसौला, नारायण सुवेदी, रुद्रबहादुर कार्की, कोषाध्यक्षमा रोमबहादुर भण्डारीलाई चयन गरिएको स्वागत व्यवस्थापन मूल समिति कास्कीले जनायो ।

समितिले युवा परिचालनमा नारायण गुरुङ, जनजाति समूह परिचालनमा लेखबहादुर गुरुङ, दलित उत्पीडित उत्थान समूह परिचालनमा लालबहादुर परियार, मुस्मिल समूदाय परिचालनमा मोहमद मोहिन (मुन्ना), जलारी समूदाय परिचालनमा कान्छाकुमार जलारीलाई जिम्मा दिएको जनाएको छ ।

पूर्वराजाको स्वागत कार्यक्रममा राष्ट्रिय झण्डासहित सहभागि हुन कास्कीका ओमकार परिवार तथा राष्ट्रभक्ति समूहलाई समितिले यसअघि नै आग्रह गरिसेकेको थियो ।

हेर्नुहोस भिडियो: https://youtu.be/vwegF8ZmBC8

https://youtu.be/vwegF8ZmBC8