Breaking News

७ वर्षीय बालिका उखुबारीमा बलात्कृत, बलात्कारमा संलग्न रोशन बस्नेत पक्राउ

By peoplesdailynepal

December 18, 2018

स, धनुषा । धनुषामा एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन । उनी उखुबारीमा रगताम्य अवस्थामा भेटिएकी हुन । घनुषाको ढल्केवर क्षेत्रको उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । बालिकाको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले दैनिकीलार्इ जानकारी दिए । पक्राउ परेका बस्नेतले मादक पदार्थ सेवन गरेको खुलेको छ ।

उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । बस्नेतले विदेशी चकलेट दिएर बालिकालार्इ उखुबारीमा लगेको स्वीकार गरेका छन ।बलात्कृत बालिकाकी आमा दृष्टिबिहीन छिन ।