अन्तरास्ट्रिय

नम्बर बढाउन सेक्स माग गर्ने शिक्षकलाई जेल सजाय

By peoplesdailynepal

December 18, 2018

परिक्षाको नतिजामा नम्बर बढाउनका लागी छात्रासँग सेक्सको माग गर्ने नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई सोमबार जेल सजाय तोकिएको छ । सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए ।

उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ । २३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।