Breaking News

पूर्वराजा ज्ञानेन्द्रको पोखरामा बास बस्ने खर्च मात्रै ३ लाख ! १६ रातका लागि २४ कोठा ! माउन्टेन ग्लोरी रिसोर्ट नै कब्जा

By peoplesdailynepal

December 20, 2018

५ पुस, कास्की । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले कास्कीको पोखरामा रहेका छन ।  केहीदिन अघि पोखारा अाएका उनी ३२ कोठा रहेको माउन्टेन ग्लोरी रिसोर्टको २४ कोठा बुक गरेर बसिरहेका छन । पोखरा महानगरपालिकाको दोविल्लामा रहेको माउन्टेन ग्लोरी भर्खरै सञ्चालनमा आएको रिसोर्ट हो ।

जंगलको बीचमा रहेको  यो रिर्सोट निकै नै आकर्षक रहेको छ । सोमबारदेखि झण्डै तीन लाख रूपैयाँ बास बस्नका लागिमात्र खर्च गरेर बसेका पूर्वराजा ज्ञानेन्द्रले एउटा कोठाको एक रातको १२ हजार रूपैयाँ तिर्नुपर्छ । रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको होटलले जानकारी दिएको छ ।

सोमबारदेखि नै १६ रातका लागि सबै कोठा बुकिङ गरिएको हो । यो १२ हजार रूपैयाँमा कोठामात्र उपलब्ध हुनेभएकाले खानपिन लगायतकाे खर्च छुट्टै पर्छ । पोखारा प्रवेशगर्दा विमानस्थलमै भव्य स्वागत पाएका पूर्वराजाले पोखरामा यतिधेरै पैसा खर्चेर के गर्दैछन भन्ने अाम चासो बनेको छ ।

उनले पोखरामा रहँदा विभिन्न मन्दिरहरूमा पूर्जा अर्चना गर्ने बाहेक राजनीतिक भेटघाट गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव भिमराज भण्डारीले जानकारी दिए । दलीय राजनीतिबाट जनतामा वितृष्णा छाएको भन्दै एकाथरी मान्छेहरू जनतालार्इ भ्रमित तुल्याएर राजसंस्थाको पछि लगाउने अभियानमा लागिरहेका बेला पूर्वराजाले पनि त्यस्तै गतिबिधिलार्इ सहयोग पुर्याउन चाहेको देखिएको छ । dainiki.com बाट