Breaking News

१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, पाँचजना पक्राउ

By peoplesdailynepal

December 20, 2018

पुस, काठमाडौं । काठमाडौंँको चन्द्रागिरीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–६, मातातीर्थमा बुधबार बेलुकी १५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको हाे । उनीमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

सामूहिक बलात्कारकाे उजुरी परेपछि महानगरीय प्रहरी वृत्त, थानकोटले बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाएर घटनामा संलग्न भएको आशंकामा कैलालीको अत्तरिया–६ घर भएका ३३ वर्षीय डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।