Breaking News

निर्मला पन्त हत्या आरोपी विशाल चौधरी रिहा

By peoplesdailynepal

December 22, 2018

काठमाडौं

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका बिशाल चौधरी आज रिहा भएका छन् ।

कञ्चनपुर प्रहरीले आज चौधरीलाई उनका बुवाको जिम्मा लगाएको हो । आवश्यक परेको खण्डमा उपस्थित हुने कागज गराएर चौधरीलाई परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।

अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका अर्का आरोपी प्रदीप रावल भने अझै प्रहरी हिरासतमै छन् । उनीहरुको पनि डिएनए परिक्षण नेगेटिभ आएपछि निर्मला हत्या झन रहस्यमय बनेको छ । सरकारले २ हप्ता अघि नै निर्मलाका हत्यारा पक्राउ परेको बताइसके पनि हाल सम्म सार्वजनिक गर्न सकेको छैन ।